ट्रेण्डिङ

ताजा अपडेट

 

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका ५५ वटा विद्यालयमा बम राखिएको भन्ने धम्की आएपछि दिल्लीभर सुरक्षा सतर्कता कडा पारिएको छ।

दिल्ली प्रहरीका अनुसार बुधबार बिहान विभिन्न विद्यालयमा इमेलमार्फत बम रहेको सूचनापछि तत्कालै विद्यार्थीलाई सुरक्षित रूपमा घर पठाइएको हो। सबैभन्दा पहिले द्वारिका सेक्टरस्थित प्रसाद नगरमा रहेको आन्ध्र शिक्षा समाज वरिष्ठ माध्यमिक विद्यालयमा बम रहेको जानकारी आएको थियो। त्यसपछि सोही किसिमको धम्की अन्य ५४ विद्यालयमा समेत पठाइएको थियो।

सुरक्षा निकायले विद्यालय परिसर खाली गराई व्यापक खोजी अभियान चलाए पनि कुनै पनि विद्यालयमा बम फेला परेको छैन। प्रहरीले यसलाई “झुट्टा अफवाह” भएको पुष्टि गर्दै यस्तो हल्ला फैलाउने व्यक्तिको खोजी तीव्र पारेको जनाएको छ।

यसअघि पनि गत वर्ष मे महिनामा तथा यसै वर्षको अगस्ट १८ मा दिल्लीका दर्जनौँ विद्यालयमा यस्तै प्रकारको बम धम्की मेल पठाइएको थियो। पटक–पटक हुने यस्ता घटनाले अभिभावक र विद्यार्थी चिन्तित बनेका छन् भने प्रहरीले साइबर सुरक्षा र निगरानी झनै कडाइ गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech