सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा “प्रहरीसँग एक दिन” कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८२ भदौ ६ गते भएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथोकीको नेतृत्वमा प्रहरी कर्मचारीले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, खजुराका प्रधानाध्यापक गणेश प्रसाद न्यौपानेसहित शिक्षक तथा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई विभिन्न विषयमा सचेतनामूलक प्रशिक्षण दिएका छन्।


कार्यक्रममा बालबालिकामाथि हुने हिंसा, प्रहरी कार्यालयबाट सर्वसाधारणले पाउने सेवा, तथा प्रहरी कार्यप्रणाली र कारबाही सम्बन्धी विषयहरूबारे जानकारी दिइएको थियो।
साथै सहभागी विद्यार्थी र शिक्षकले जिल्ला प्रहरी कार्यालय सुर्खेतका सम्पूर्ण शाखाहरूको अनुगमनसमेत गरेका थिए।
प्रहरीले यस्ता कार्यक्रमले विद्यार्थी र समुदायमा प्रहरीप्रति विश्वास वृद्धि गर्ने र सामाजिक अपराध न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।





