Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौं । ललितपुरको भनिमण्डलबाट ठूलो परिमाणको नगदसहित पक्राउ परेका २५ वर्षीय गौरव स्याङतान अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सिन्धुली पिपलभञ्ज्याङ घर भएका स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ भनिमण्डलबाट पक्राउ परेका हुन्।

उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीको संयुक्त टोलीले गरेको कारबाहीमा उनको डेराबाट ९१ लाख ५० हजार रुपैयाँ नगद, १ थान पैसा गन्ने मेसिन र १.५ किलो गाँजा बरामद गरिएको छ।

त्यससँगै अनलाइन गेमिङ र क्रिप्टो कारोबारका लागि प्रयोग हुँदै आएका ११ थान मोबाइल, ल्यापटप र आइप्याड समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले स्याङतानमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech