Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

बाँके, कात्तिक २६ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अनुशासन आयोगले संगठनको नाम दुरुपयोग र आपसी आरोप–प्रत्यारोपका घटनाप्रति कडा असन्तोष प्रकट गरेको छ। आयोगले संगठन हाल नेतृत्वविहीन अवस्थामा रहे पनि सबै सदस्यलाई संगठनात्मक उत्तरदायित्वप्रति गम्भीर हुन आग्रह गरेको छ।

अनुशासन आयोगका अध्यक्ष सुमन घिमिरेले जारी गरेको विज्ञप्तिमा अनेरास्ववियुको नाम, आधिकारिक लेटरप्याड र सामाजिक सञ्जाल खाताहरू विभिन्न समूहहरूले प्रयोग गर्दै संगठनमा भ्रम फैलाउने काम गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “पछिल्ला दिनमा अनेरास्ववियुको नाममा भ्रम फैलाउने, आरोप–प्रत्यारोप गर्ने र संगठनको छविलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्। यस्तो गैर–संगठनात्मक र गैर–राजनीतिक क्रियाकलाप तत्काल रोक्न हामी कडा शब्दमा आग्रह गर्दछौं।”

आयोगले संगठन अहिले नेतृत्व अभावको अवस्थामै भए पनि अनेरास्ववियुका आदर्श, सिद्धान्त र मूल्य–मान्यतामा दृढ रहँदै अघि बढ्नु अहिलेको आवश्यकता रहेको जनाएको छ। साथै, सबै कार्यकर्तालाई पार्टी र संगठनका निर्णयलाई सर्वोपरि मान्न, आपसी मनमुटाव र विभाजनकारी सोचबाट टाढा रहन, तथा संगठनको विधान, नीति र अनुशासनअनुसार आचरण गर्न निर्देशन दिएको छ।

विज्ञप्तिमा थप भनिएको छ, “अनेरास्ववियु कुनै व्यक्तिगत स्वार्थको नाम होइन, यो शिक्षा र संघर्षको साझा यात्रा हो। संगठनको अस्तित्व र गरिमा हामी सबैको सामूहिक प्रतिबद्धता र अनुशासनमा निर्भर छ।”

अनुशासन आयोगले संगठनभित्रको एकता, मित्रता र सहकार्य सुदृढ गर्न सबै सदस्यलाई सचेत र सकारात्मक भूमिका खेल्न आह्वान गरेको छ। साथै, आयोगले संगठनभित्र अनुशासन, एकता र संस्कार कायम गर्न निरन्तर प्रतिबद्ध रहने स्पष्ट गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech