काठमाडौँको सुकेधारामा ट्राफिक प्रहरीले नियमित जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पठाओ चालक झापाका शेखरनाथ घिमिरे, बाराका साजिद अन्सारी, नुवाकोटका सुमन परियार, काभ्रेकी सुरजकुमार बजगाइँ, मकवानपुरका कपिल थापा र सल्यानका भीमबहादुर खड्का छन्।


उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रमुख नवराज अधिकारीले मादक वा लागुपदार्थ सेवन गरी सवारी नचलाउन चालकहरूलाई आग्रह गर्दै, उल्लंघन गर्नेप्रति कानुनअनुसार कारबाही हुने चेतावनी दिएका छन्।





