Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

कोहलपुर । कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक प्रवर्द्धनलाई लक्ष्य गर्दै २०६५ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको कोहलपुर महोत्सव यस वर्ष पनि भव्य रूपमा सञ्चालन हुने भएको छ।
आयोजक समितिका अनुसार “कोहलपुर महोत्सव; दीगो विकासको उत्सव” भन्ने मूल नारासहित कोहलपुर महोत्सव–२०८२ आगामी पौष ९ गतेदेखि पौष १८ गतेसम्म कोहलपुर न्यू रोडस्थित खुला मैदानमा आयोजना हुँदैछ।
महोत्सव अवधिभर सहभागी दर्शक, कलाकार, अवलोकनकर्ता तथा सम्पूर्ण सरोकारवालाको स्वास्थ्य सुरक्षा र आकस्मिक उपचार सेवा सुनिश्चित गर्न कोहलपुर डेन्टल अस्पताल, कोहलपुर बाँकेसँग ‘हस्पिटल पार्टनर’ का रूपमा औपचारिक सहमति भएको आयोजक समितिले जनाएको छ।

सहमति अनुसार महोत्सव अवधिभर कोहलपुर डेन्टल अस्पतालले
-प्राथमिक उपचार (First Aid) तथा आकस्मिक स्वास्थ्य सेवा
-आवश्यक परेमा एम्बुलेन्स सेवा सहकार्य
-स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सूचना तथा सन्देशको प्रचार–प्रसार
-आपसी समझदारीअनुसार अन्य स्वास्थ्य सेवाहरू प्रदान गर्नेछ।
यसको प्रत्युत्तरमा आयोजक समितिले कोहलपुर डेन्टल अस्पताललाई महोत्सवको आधिकारिक हस्पिटल पार्टनर घोषणा गर्ने, साथै ब्यानर, होर्डिङ बोर्ड, मञ्च, प्रचार सामग्री, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा अस्पतालको नाम र लोगो प्रमुख रूपमा प्रदर्शन गर्ने जनाएको छ। महोत्सव परिसरभित्र अस्पतालको प्रचार–प्रसारका लागि उपयुक्त स्थानसमेत उपलब्ध गराइनेछ।
आयोजक समितिले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै महोत्सवलाई सुरक्षित, व्यवस्थित र सफल बनाउन यो सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech