Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं, ८ माघ २०८२ – सशस्त्र प्रहरी बल (एआरपिएफ) मा नायब महानिरीक्षक (डीआईजी) का ६ पद हाल रिक्त छन्। यस पदमा बढुवाको लागि १४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)बीच प्रतिस्पर्धा हुने भएको छ।
डीआईजी कमल गिरी, शम्भु सुवेदी र कुलबिक्रम नेम्वाङले पाँच वर्षे पदावधि पूरा गरी बिहीबारदेखि अवकाश पाएपछि पद रिक्त भएको हो। यसअघि थप गरिएका तीन डीआईजी पदमा पनि अहिलेसम्म बढुवा गरिएको छैन।
रिक्त पदमध्ये एक कानून निर्देशनालयतर्फ र बाँकी पाँच प्रशासनतर्फ छन्। कानूनतर्फ एसएसपी युवराज अर्याल एक्लै दाबेदार छन्। तर, उनको नाता पर्ने गृहमन्त्री ओमप्रकाश अर्याल सँगको सम्बन्धका कारण पद थप गरिएको भन्ने आरोप पनि उठेको छ।
प्रशासनतर्फ १३ जना एसएसपीबीच पाँच पदका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगीमध्ये प्रवीण कँडेल, दिगबिजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधव पौडेल, उद्धव न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, किरण डुंगाना र शंकर खनाल रहेका छन्।
विशेष जानकारी अनुसार, पहिलो नम्बरमा रहेका प्रवीण कँडेल नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् र उनको कार्यसम्पादन कमजोर मानिएकोले बढुवाको सम्भावना कम देखिएको छ। बाँकी १२ जना सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत हुन्।
यो ब्याचका दीपेन्द्र कुँवर र विष्णु भट्ट गत वर्ष नै डीआईजी बनेका थिए। यसपटक चुनावी सरकार भएकाले बढुवामा कार्यसम्पादनको निष्पक्ष मूल्याङ्कन हुने सम्भावना रहेको छ। तर केही एसएसपी भने बढुवाको तयारीमा पहिले नै लागिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech