Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

कोहलपुर, बाँके | बर्दियाको बासगढी नगरपालिका–४ निवासी छविलाल रिजाल शर्माले आफ्नो छोराको पहिलो जन्मदिनको अवसरमा अनौठो र प्रेरणादायी उपहार प्रदान गर्नुभएको छ। उहाँले छोराको उज्ज्वल भविष्य सुरक्षित गर्ने उद्देश्यले आइएमइ लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिनुभएको हो।
छविलाल रिजाल शर्मा, जो आइएमइ लाइफका एजेन्सीसमेत हुनुहुन्छ र बासगढी युनाइटेड पब्लिक स्कुलका संस्थापक तथा लेखापालका रूपमा कार्यरत हुनुहुन्छ, उहाँले छोरा शिवान्स रिजालको पहिलो जन्मदिनलाई अझ अर्थपूर्ण बनाउन जीवन सुरक्षाको आधार तयार गरिदिनुभएको हो।
उहाँका अनुसार, “सन्तानको भविष्य सुरक्षित गर्नु हरेक अभिभावकको पहिलो कर्तव्य हो। जन्मदिनमा खेलौना मात्र होइन, भविष्य सुरक्षित गर्ने योजना पनि दिनुपर्छ भन्ने सोचले बीमा पोलिसी उपहार दिएको हुँ।”
उक्त पोलिसी हस्तान्तरण कार्यक्रममा आइएमइ लाइफ कोहलपुर शाखाका ब्रान्च म्यानेजर नन्द बहादुर शाहीको पनि उपस्थिति रहेको थियो।
उहाँले यस्तो सकारात्मक सोचले अन्य अभिभावकहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
सामान्यतया जन्मदिनमा खेलौना, लुगा वा मिठाइ उपहार दिने चलन रहेको भए पनि छविलाल रिजाल शर्माको यो कदमले समाजमा आर्थिक सचेतना र भविष्यप्रतिको जिम्मेवारीको सन्देश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech