ट्रेण्डिङ

ताजा अपडेट

जनकपुरधाम, फागुन — सर्लाही जिल्लाको मलंगवा नगरपालिका–१० क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ८ बजेतिर अज्ञात व्यक्तिहरूको समूहले यादवमाथि गोली प्रहार गरेको हो। गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि मलंगवा अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको मुटुको नजिक गोली लागेको थियो र उपचारकै क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको बताए। प्रारम्भिक अनुसन्धानअनुसार अज्ञात समूहबाट गोली प्रहार भएको जानकारी प्राप्त भएको उनले बताए।
प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने संलग्न समूहको खोजी तथा अनुसन्धान कार्य तीव्र पारिएको जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यस घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। प्रहरीले शान्ति सुरक्षाको व्यवस्था कडा पारिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech