Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

पर्सा — पर्साको पर्सागढी नगरपालिका–३ बढनियार चोकमा निर्वाचन उम्मेदवार सवार सवारीसाधनबाट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीले गाडी नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार गएराति करिब ११ बजे नियमित चेकजाँचका क्रममा मनोज चौधरी सवार गाडीको डिक्कीबाट शंकास्पद वस्तु फेला परेको हो। चौधरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार हुन्। शंकास्पद वस्तु फेला परेलगत्तै गाडी नियन्त्रणमा लिइएको र आसपासको क्षेत्रलाई सुरक्षा घेराभित्र राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गाडीलाई सुरक्षित स्थानमा लगेर सेनाले आफ्नो नियन्त्रणमा राखेको छ। शंकास्पद वस्तुको प्रकृति र क्षमताबारे प्राविधिक परीक्षणपछि मात्र औपचारिक जानकारी सार्वजनिक गरिने बताइएको छ।
गाडीमा उम्मेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की सवार रहेका थिए। गाडी चालक वीरगन्जको छपकैया निवासी मुन्ना अन्सारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले गाडीमा सवार सबै व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech