Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

बाँके ।सरकारी नीति तथा निर्देशनलाई बेवास्ता गर्दै बाँकेको बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोग गरेको घटना सार्वजनिक भएको छ।
पालिका उपाध्यक्ष निर्मला रोकायसहितको टोलीले पिकनिकका लागि जाँदा सरकारी गाडी प्रयोग गरेको आरोप लागेको हो। उनीहरू बाँकेको बैजनाथबाट बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित एक पोखरी नजिक पिकनिक मनाउन पुगेका थिए।
स्थानीयका अनुसार सम्बन्धित निकायबाट अनुमति नलिई सरकारी सवारी साधन प्रयोग गरिएको थियो। यस विषयमा जानकारी पाएपछि बाँसगढीका केही युवाले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी स्रोतका अनुसार बाँसगढी प्रहरीले उपाध्यक्षसहित केही जनप्रतिनिधि र कर्मचारी सवार रहेको सरकारी गाडी नियन्त्रणमा लिएको हो। पिकनिकबाट फर्किने क्रममा उक्त सवारी साधन नियन्त्रणमा लिइएको बताइएको छ।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा उपाध्यक्ष निर्मला रोकायसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन उठेन।
सरकारी सवारी साधनको दुरुपयोगसम्बन्धी घटनाले स्थानीय तहमा जवाफदेहिता र सुशासनप्रति प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech