ट्रेण्डिङ

ताजा अपडेट


हुम्ला प्रहरीले पुनः अवैध रूपमा भित्र्याइएको ४०२ कार्टुन (४,८२४ बोतल) चिनियाँ मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले नाम्खा गाउँपालिका–३, लामाखोल्सीस्थित गोठबाट मदिरा फेला पारेको हो।
बरामद मदिराको बजार मूल्य करिब रु २४ लाख १२ हजार हुने अनुमान गरिएको छ।
प्रहरीका अनुसार मदिरा हिल्सा नाकाबाट अवैध रूपमा भित्र्याइएको हो र स्थानीय व्यापारीहरूले बिक्रीका लागि भण्डारण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
गत मङ्गलबार पनि ३५१ कार्टुन मदिरा बरामद गरिएको थियो। यससँगै एक सातामै हुम्लामा ७ सयभन्दा बढी कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिइएको छ।
प्रहरीले सीमाक्षेत्रमा गस्ती, सूचनादाता परिचालन र कडाइका साथ अनुगमन बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech