Friday, November 20, 2026

 

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबू प्रसाद चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी पद र सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।बढुवा र पदस्थापनका लागि पेस गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै आयोगले चौधरीविरुद्ध कैद र जरिवानाको मागसहित आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चौधरीले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहका विभिन्न शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । उनले लब्धाङ्कपत्र, अस्थायी प्रमाणपत्र, कलेज छाडेको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र र स्थानान्तरण प्रमाणपत्र पेस गरेको आयोगको भनाइ छ ।

आयोगका अनुसार ती प्रमाणपत्र नक्कली भए पनि तिनै कागजातका आधारमा चौधरीले राष्ट्रिय अनुसन्धान विभागमा बढुवा र पदस्थापन पाएका थिए । यसरी उनी प्रमुख अनुसन्धान अधिकृत (राजपत्राङ्कित द्वितीय श्रेणी) सम्म पुगेको र सोही पदअनुसारको लाभ तथा सुविधा लिएको अख्तियारको दाबी छ ।चौधरीसहित विभागका उच्च पदस्थ कर्मचारीले सेवा प्रवेश तथा बढुवाका लागि पेस गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंकामा छानबिन गर्न माग गर्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धान गर्दा चौधरीका प्रमाणपत्र नक्कली रहेको निष्कर्षमा पुगेपछि आयोगले उनीविरुद्ध मुद्दा अघि बढाएको हो ।आयोगले चौधरीलाई तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना गर्न माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All