Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

कोहलपुर, बाँके । कोहलपुर इलाका प्रशासन कार्यालयमा बुधबार जानकारी लिन पुगेका एक पत्रकारमाथि कार्यालयका कर्मचारीले गरेको दुर्व्यवहार र अनुशासनहीन व्यवहारले गम्भीर प्रश्न उठेको छ।

घटनास्थलमा पुगेका पत्रकारका अनुसार कार्यालयभित्र प्रवेश गर्दा एक कर्मचारीले श्रुति सेवन (सुरती सेवन) गरेको स्पष्ट देखिएको थियो। अन्य कर्मचारीहरू पनि सरकारी कार्यालयमा अनिवार्य मानिने पोशाक बिना नै सेवाग्राहीको काम गरिरहेका थिए, जसले कार्यालयभित्रको अनुशासन र कार्यसंस्कृतिप्रति गम्भीर शंका उत्पन्न भएको छ।

अनियमितता बारे बुझ्न कार्यालय प्रमुखसँग सोधपुछ गर्ने क्रममा उल्टै पत्रकारमाथि दवाव सिर्जना गर्ने प्रयास भएको पत्रकारले बताएका छन्। उनका अनुसार कार्यालय प्रमुखले सेवाग्राहीलाई ‘डिस्टर्ब’ गरेको कारण देखाउँदै सीडिओ कार्यालयमै फोन गरी पत्रकारलाई समस्यामा पार्ने प्रयास गरे।

त्यसपछिको व्यवहार अझै अपमानजनक रह्यो। पत्रकारका अनुसार उनलाई लक्षित गरेर “आँखा फुटेको पत्रकार” जस्ता शब्द प्रयोग गर्दै अपमानजनक टिप्पणी गरिएको थियो, जुन सरकारी कार्यालयबाट अपेक्षित मर्यादित व्यवहारविपरीत छ।

“सरकारी कार्यालयमा देखिएको अनियमितताबारे प्रश्न गर्नु पत्रकारको दायित्व हो। तर मलाई नै दवाव दिने, अपमान गर्ने र घटना छोप्ने प्रयास गरियो,” पत्रकारले बताए।

पीडित पत्रकारले घटनाको गम्भीर छानबिन, गैरजिम्मेवार कर्मचारीमाथि कारबाही र कार्यालयभित्र अनुशासन सुनिश्चित गर्न माग गरेका छन्।

सार्वजनिक सेवा प्रदान गर्ने संस्थामा यस किसिमको दादागिरी, लापरवाही र पत्रकारमाथिको अपमानले लोकतान्त्रिक मूल्य तथा प्रेस स्वतन्त्रतामै प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech