Thursday, October 22, 2026

ताजा अपडेट

सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। त्यस्तै, भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेटसमेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला परेको हो।

इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीको संयुक्त प्रहरी टोलीले खोजतलास गरेको थियो। सोही क्रममा ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना ४ च ६०६३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्सका चालक तथा गाँजा तस्करीमा संलग्न व्यक्ति फरार रहेका छन्। एम्बुलेन्स कुन संस्थाबाट सञ्चालित थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यसैगरी, सोमबार बिहान करिब ९ बजे भोक्राहा नरसिंह गाउँपालिका–२ निवासी अर्सद अन्सारीको घरमा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेट बरामद भएका छन्।

प्रहरीका अनुसार बीआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकलबाट ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर, ७२ ट्याब्लेट स्पाज्मो र ९० ट्याब्लेट नित्जासेसीन बरामद गरिएको हो।

घटनामा संलग्न रहेको आरोपमा अन्सारीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँद