Thursday, October 22, 2026

ताजा अपडेट

काठमाडौँ । दसैँ पर्वका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट तीन हजार ५८५ यात्रु लाभान्वित भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीद्वारा सञ्चालित तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा गरेका छन् ।

त्यसैगरी, सशस्त्र प्रहरी बलद्वारा सञ्चालित दुईवटा बसमार्फत अष्टमी, नवमी र दशमीका दिन गरी दुई हजार १७९ यात्रुले निःशुल्क सवारी सेवा लिएका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले उक्त जानकारी दिएका हुन् ।

दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव हुन सक्ने भएकाले यात्रुको आवागमन सहज बनाउन दुवै सुरक्षा निकायले निःशुल्क बस सेवा सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech