ट्रेण्डिङ

बाँके ।बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्क क्षेत्रबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ३३ वर्षीया मनकुमारी खड्का गहतराज रहेकी छन्। शनिबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज तथा प्रहरीको संयुक्त टोलीले उनलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो। पक्राउ परेकी गहतराजमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र लागूऔषध नियन्त्रण सम्बन्धी अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech