Thursday, October 29, 2026

२०८२ साउन ०१ सुर्खेत, कर्णाली —
कर्णाली प्रदेशको सुर्खेत जिल्ला, चिनगाड गाउँपालिका–२ निवासी युवा गोपाल रोकाय नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्व उपप्रधानमन्त्री माननीय पूर्णबहादुर खड्कासँगको भेटपछि अत्यन्त उत्साहित र आशावादी बनेका छन्।

नेता खड्काप्रतिको सम्मान र भरोसा प्रकट गर्दै रोकायले भने, “म मेरो प्राणभन्दा पनि प्यारो मान्ने नेता पूर्णबहादुर खड्कालाई देशको प्रधानमन्त्रीको रूपमा देख्न आतुर छु।”

उनका अनुसार नेता खड्काले नेपालको नेतृत्व सम्हाल्ने क्षमताका साथ देश र जनताको पक्षमा स्पष्ट दृष्टिकोण राखेका छन्। युवाहरूमाझ लोकप्रिय र विश्वासिलो छविका रूपमा चिनिँदै आएका खड्का कर्नाली प्रदेशका सन्तुलित, दूरदर्शी र शालीन नेतृत्वका प्रतीक हुन्।

रोकायले खड्कासँगको भेटलाई प्रेरणादायी र भावी नेतृत्वका लागि मार्गदर्शनपूर्ण अनुभवको रूपमा वर्णन गरेका छन्। “उहाँसँगको केही समयको संवादमै मैले जनताको हित, राष्ट्रिय एकता र राजनीतिक स्थायित्वप्रति उहाँको गहिरो प्रतिबद्धता महसुस गरेँ,” रोकायले बताए।

कांग्रेसको भावी सभापति तथा प्रधानमन्त्रीका लागि योग्य उम्मेदवारका रूपमा देख्ने गोपाल रोकाय जस्ता हजारौं युवाहरू खड्काको विचार, मूल्य र निष्ठामा विश्वास गर्छन्।

कर्णालीका धर्तिपुत्र खड्कालाई राष्ट्रिय राजनीति तथा युवा पुस्ताको आशा र भरोसाको केन्द्रबिन्दुका रूपमा चित्रित गर्दै रोकायले जनताको पक्षमा सदैव खडा रहने नेताको रूपमा उहाँलाई समर्थन जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...