२०८२ साउन ०१ सुर्खेत, कर्णाली —
कर्णाली प्रदेशको सुर्खेत जिल्ला, चिनगाड गाउँपालिका–२ निवासी युवा गोपाल रोकाय नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्व उपप्रधानमन्त्री माननीय पूर्णबहादुर खड्कासँगको भेटपछि अत्यन्त उत्साहित र आशावादी बनेका छन्।
नेता खड्काप्रतिको सम्मान र भरोसा प्रकट गर्दै रोकायले भने, “म मेरो प्राणभन्दा पनि प्यारो मान्ने नेता पूर्णबहादुर खड्कालाई देशको प्रधानमन्त्रीको रूपमा देख्न आतुर छु।”


उनका अनुसार नेता खड्काले नेपालको नेतृत्व सम्हाल्ने क्षमताका साथ देश र जनताको पक्षमा स्पष्ट दृष्टिकोण राखेका छन्। युवाहरूमाझ लोकप्रिय र विश्वासिलो छविका रूपमा चिनिँदै आएका खड्का कर्नाली प्रदेशका सन्तुलित, दूरदर्शी र शालीन नेतृत्वका प्रतीक हुन्।
रोकायले खड्कासँगको भेटलाई प्रेरणादायी र भावी नेतृत्वका लागि मार्गदर्शनपूर्ण अनुभवको रूपमा वर्णन गरेका छन्। “उहाँसँगको केही समयको संवादमै मैले जनताको हित, राष्ट्रिय एकता र राजनीतिक स्थायित्वप्रति उहाँको गहिरो प्रतिबद्धता महसुस गरेँ,” रोकायले बताए।
कांग्रेसको भावी सभापति तथा प्रधानमन्त्रीका लागि योग्य उम्मेदवारका रूपमा देख्ने गोपाल रोकाय जस्ता हजारौं युवाहरू खड्काको विचार, मूल्य र निष्ठामा विश्वास गर्छन्।
कर्णालीका धर्तिपुत्र खड्कालाई राष्ट्रिय राजनीति तथा युवा पुस्ताको आशा र भरोसाको केन्द्रबिन्दुका रूपमा चित्रित गर्दै रोकायले जनताको पक्षमा सदैव खडा रहने नेताको रूपमा उहाँलाई समर्थन जनाएका छन्।





