Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) जाजरकोटका सेक्रेटरी विराजन सी १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत जाजरकोटले बुधबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

गत असार २७ गते नलगाड नगरपालिका–१० बाट गैरकानुनी रूपमा पक्राउ परेका विराजनमाथि अपराध उपद्रवको मुद्दा लगाइएको थियो। पार्टीको काममा रहेका बेला पक्राउ परेका उनलाई करिब २६ दिनपछि अदालतको आदेशअनुसार रिहा गरिएको नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य खडक सिंहले जानकारी दिएका छन्।

यसअघि नेकपा निकट युवा संगठन नेपालले असार २२ गते डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद शाहमाथि खुलेआम पदको दुरुपयोग, प्रशासनिक अराजकता र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै कारबाही गरेको थियो। सो घटनालाई लिएरै विराजन सीलाई पक्राउ गरिएको नेकपाको आरोप छ।

पार्टीका अनुसार नेता सीलाई गैरकानुनी रूपमा गिरफ्तार गरिएको घटनाप्रति नेकपा जाजरकोटका जिल्ला इन्चार्ज केबी मल्लले विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाएका थिए। उनले तत्काल रिहाइको मागसमेत गरेका थिए। तर, प्रहरी प्रशासनले राजनीतिक पूर्वाग्रहका आधारमा झुटा मुद्दा लगाएको र सोही आधारमा धरौटीमा रिहा गरिएको नेकपाको दाबी छ।

नेकपाले विराजन सी हिरासतमा रहँदा उनीमाथि मानसिक र शारीरिक रूपमा चरम यातना दिइएको आरोपसमेत लगाएको छ। पार्टीले यसलाई मानवअधिकारको गम्भीर उल्लंघन भनेको छ।

बुधबार रिहा भएसँगै नेकपाले नेता विराजन सीको खुला आकाशमुनि भव्य स्वागत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech