Friday, November 20, 2026

 

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आइतबार कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालयअगाडि दुई पक्षबीच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का पाँचजना र भीमदत्त नगरपालिका–१७ का एकजनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।प्रहरीका अनुसार, पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोली रहेका छन् ।वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गरी उक्त विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय