कोहलपुर, बाँके । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक परम्पराको संरक्षण गर्ने उद्देश्यसहित बेटर बाँकेको आयोजना तथा कोहलपुरस्थित विभिन्न सामाजिक संघ–संस्थाको सहकार्यमा कोहलपुरमा बडादसैँ तथा विजयादशमीको अवसरमा धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको छ।
बेटर बाँकेका अध्यक्ष सञ्जय मण्डलद्वारा जारी निमन्त्रणापत्रअनुसार हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमीको अवसरमा स्थानीय स्तरमा सांस्कृतिक संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रमअन्तर्गत दुर्गामूर्तिको स्थापना गरी नवरात्र सामुदायिक भजन, कीर्तन, पूजापाठलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ। साथै दसैँका अवसरमा परम्परागत धार्मिक माहोल सिर्जना गर्दै स्थानीय समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।








