Friday, November 27, 2026

 

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्र हत्या, ब्ल्याकमेलिङ र अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ देखि ५६ वर्ष उमेर समूहका ९ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले सञ्चालन गरेको ‘अपरेशन डिजिटल स्वाभिमान–महिला तथा बालबालिकाको सम्मान अभियान’ अन्तर्गत पछिल्लो २४ घण्टामा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

साइबर ब्यूरोले मङ्सिर १० गते जारी गरेको विज्ञप्तिअनुसार पक्राउ पर्नेमा दुई जना नाबालकसमेत छन् । उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मङ्सिर ९ गते काठमाडौंको टोखाबाट पक्राउ परेका २६ वर्षीय आशिष तामाङले फेसबुकमा नक्कली आईडी बनाएर एक नाबालिकाको अश्लील तस्बिर तथा भिडियो आफन्त र साथीहरूलाई पठाई चरित्र हत्या गरेको आरोप छ ।

त्यस्तै, ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ३७ वर्षीय रोहित विक्रम राणामाथि इमोमार्फत एक युवतीलाई अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएर दुर्व्यवहार गरेको आरोप छ ।

भारतको बिहार स्थायी घर भई काठमाडौंको नागार्जुन बस्ने ३२ वर्षीय महमद फेसल एजाजलाई प्रेम सम्बन्ध टुटेपछि पीडितको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा न्युरोडबाट पक्राउ गरिएको छ ।

त्यसैगरी, इलामको देउमाई स्थायी घर भई काठमाडौं बस्दै आएका ३७ वर्षीय विमल दर्जी खत्रीलाई नक्कली टिकटक आईडीमार्फत पीडितका गोप्य तस्बिर तथा भिडियो सार्वजनिक गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

म्याग्दीको मंगला गाउँपालिका–५ का ५६ वर्षीय दिलबहादुर मगरलाई सामाजिक सञ्जालमार्फत एक व्यक्तिको चरित्र हत्या गरेको आरोपमा आफ्नै घरबाट पक्राउ गरिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्कीलाई फेसबुकमा नक्कली आईडी बनाएर अश्लील तस्बिर तथा भिडियो पठाउँदै ब्ल्याकमेलिङ गरेको आरोपमा पक्राउ गरिएको छ ।मङ्सिर १० गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरबाट पक्राउ परेका ३२ वर्षीय चिरञ्जीवी सापकोटामाथि ह्वाट्सएपमार्फत एक महिलालाई अश्लील गालीगलौज गरी चरित्र हत्या गरेको आरोप छ ।

त्यसैगरी, पोखराबाट १५ र १६ वर्षका दुई बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमाथि पीडितको सामाजिक सञ्जाल ह्याक गरी अश्लील तस्बिर तथा भिडियो बनाएर सार्वजनिक गर्ने धम्की दिँदै रकम माग गरेको र मानसिक हैरानी दिएको आरोप छ ।साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार, धम्की, चरित्र हत्या तथा अन्य साइबर अपराधबाट पीडित भएकाहरूलाई नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी तथा सूचना दिन आग्रह गरेका छन् ।प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी हुने यस्ता गतिविधिविरुद्ध अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech