बाँके — बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–७, लालपुरमा गएराति परेको अविरल भारी वर्षाको कारण एक घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।


स्थानीयका अनुसार, मध्यरातिपछि लगातारको वर्षाले बाढीको पानी बस्तीमा पसेको थियो। प्रभावित परिवारको घरभित्र पानी पसेर भित्तादेखि छाना सम्मको संरचना बिग्रिएको छ, जसका कारण बस्न अयोग्य भएको हो।
स्थानीय बासिन्दाहरूले तत्काल उद्धार तथा राहतको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। “हामीलाई तत्काल सहयोग आवश्यक छ, घरमा राखेका सामान समेत बगाएको छ,” एक पीडित परिवारका सदस्यले बताए।





