Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

बाँके,कोहलपुर — बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ नयाँ बसपार्क क्षेत्रमा प्रहरीले राति विशेष चेकजाँच गर्ने क्रममा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, २०८२ साउन ३० गते राति करिब ११ बजे जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिका–५ बस्ने २६ वर्षीय नवीन शाहीलाई शंकास्पद अवस्थामा रोकि तलासी लिँदा, उनको लेदरको ब्यागभित्र लुकाइ–छिपाई राखिएको ब्राउन सुगर फेला परेको हो।

पक्राउ परेकासँग २४ ग्राम ३४० मिलिग्राम (शुद्ध तौल २२ ग्राम ०३ मिलिग्राम) ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। साथै, प्रहरीले शाहीको साथबाट iPad १ थान, क्यानन क्यामेरा १ थान र मोबाइल फोन २ थान समेत बरामद गरेको छ।

प्रहरीले पक्राउ गरेका शाहीलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech