Surakshya Rastriya Dainik
मंगलबार, २५ अगस्ट २०२६
ट्रेण्डिङ

धरान — सुनसरी सदरमुकाम इनरुवाबाट प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

शनिबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउँपालिका–१० का कुमार बिडारी तथा दोलखाको मेलुङ गाउँपालिका–२ का राम आछामे रहेका छन्।

उनीहरूको साथबाट १४.३५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech