Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

कैलाली । इलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज डीएसपी रणबहादुर चन्दले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको छ। छोटो अवधिमै उनले अपराध नियन्त्रण, कानून कार्यान्वयन र राजस्व संकलनमा उल्लेखनीय उपलब्धि हासिल गरेको कार्यालयले जनाएको छ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार श्रावण महिनासम्म कुल १२५ मुद्दा दर्ता भएका छन्। तीमध्ये सबैभन्दा धेरै ३३ वटा बैंकिङ् कसुरका मुद्दा रहेका छन्।

डीएसपी चन्दका अनुसार सार्वजनिक हित विपरीतका १८, लागुऔषध सम्बन्धी १०, जबर्जस्ती करणी ७, जबर्जस्ती करणी उद्योग १, सवारी ज्यान ५ लगायतका मुद्दा दर्ता भएका छन्। यसरी २२ शीर्षकका अपराधमा प्रभावकारी नियन्त्रण भएको कार्यालयको निष्कर्ष छ।

यस अवधिमा ७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। आइतबार मात्रै चोरी मुद्दामा फरार उमेश चौधरीलाई पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए।

यस्तै, चन्दको नेतृत्वमा कार्यालयले ७७ लाख २१ हजार १५२ रुपैयाँ बराबरको राजस्व छलीका सामान बरामद गरेको छ। अपराध नियन्त्रणसँगै स्थानीय तह र नागरिकसँग सहकार्य गर्दै प्रहरी–समुदाय सम्बन्ध मजबुत बनाएको कार्यालयले उल्लेख गरेको छ।

यसैबीच, अत्तरिया क्षेत्रमा हुने यौनजन्य क्रियाकलापमाथि पनि प्रहरीको सूक्ष्म अनुसन्धान जारी रहेको मालाखेती प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech