Surakshya Rastriya Dainik
मंगलबार, २५ अगस्ट २०२६
ट्रेण्डिङ

 

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले भदौ १ गते साँझ सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्क क्षेत्रबाट भारतको कानपुर जिल्ला नौवस्ती बस्ने २५ वर्षीय अभिषेक यादवलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यादव नेपाल–भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम र स्टिकर बोकी हिँडिरहेको अवस्थामा बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथतर्फ प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन्।

उनको साथबाट जाँच गर्दा शैक्षिक प्रमाणपत्रजस्तो देखिने विभिन्न कागजात, स्ट्याम्प, होलोग्राम स्टिकर, ल्यापटप, नगदसहितका इलेक्ट्रोनिक सामग्री बरामद भएको प्रहरीले जनाएको छ। साथै त्रिभुवन विश्वविद्यालयको नाममा ‘१०१२’ लेखिएको २१ बण्डल होलोग्राम (४,०४० पिस) समेत फेला परेको प्रहरीले जनाएको छ।

हाल यादवमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech