Surakshya Rastriya Dainik
मंगलबार, २५ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं, २३ भदौं – सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजि युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बनेको छ । अहिलेसम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब एक सयभन्दा बढी घाइते छन्।

राजधानीको निजामती अस्पतालमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। अस्पतालमा अहिले पनि दर्जनौँ घाइतेको उपचार भइरहेको छ। वीर अस्पतालको ट्रमा सेन्टरमा मात्रै ३० भन्दा बढी घाइते भर्ना गरिएको र केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।

काठमाडौंको बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। प्रहरीले भीड नियन्त्रणका लागि अन्धाधुन्ध अश्रुग्यास र गोली प्रहार गरेको हो।

स्थिति नियन्त्रण गर्न काठमाडौं जिल्ला प्रशासनले आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म बानेश्वर क्षेत्र, सिंहदरबार र राष्ट्रपति निवास वरपर कर्फ्यू आदेश जारी गरेको छ।

तर, कर्फ्यू आदेश उल्लंघन गर्दै युवाहरूले प्रदर्शन जारी राखेका छन्। त्यसपछि प्रहरीले आन्दोलकारीमाथि थप बल प्रयोग गर्दै दमन सुरु गरेको eyewitnessहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech