कोहलपुर, बाँके — “Life OK” नामक कम्पनीद्वारा बिक्री वितरण भइरहेको पिउने पानीबारे स्थानीय उपभोक्ताहरूले गम्भीर आपत्ति जनाएका छन्।
स्थानीयवासीका अनुसार बजारमा पाइने “Life OK” पिउने पानी पूर्ण रूपमा असुद्ध रहेको छ। उपभोक्ताहरूले यसलाई पिउन योग्य नरहेको बताउँदै जनस्वास्थ्यसँग खेलवाड गरिएको आरोप लगाएका छन्।


“मानिसको ज्यानसँग सरासर मजाक भएको छ। यस्तो पानी पिउन योग्य छैन, तर बजारमा सजिलै बिक्री भइरहेको छ,” एक स्थानीयले भने।
यसरी असुरक्षित पानी वितरण हुँदा समेत सम्बन्धित निकायहरू भने मौन रहँदै मुखदर्शक बनेको आरोप स्थानीयवासीले लगाएका छन्।
स्वच्छ पानी मानिसको आधारभूत अधिकार भए पनि गुणस्तरीय परीक्षण नगरी बजारमा अस्वस्थकर पानी बिक्री हुनु ठूलो प्रश्न बनेको छ। अब उपभोक्ताहरूले तत्काल अनुगमन र कारबाहीको माग गरेका छन्।





