Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं ।
नेपालका क्रिकेटर सन्दीप लामिछानेले केही समाचारप्रति असन्तुष्टि जनाउँदै कान्तिपुर टिभी एचडीलाई प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले समाचार लेख्दा प्रमाणसहित तथ्य प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, “खासै म यस्ता कुरामा वास्ता गर्दिनँ, तर एउटा प्रश्न छ— कहिले सुध्रिन्छौ यार, Kantipur TV HD? अहिलेसम्म पनि तपाईंहरू यही कुरा मात्र ठूलो विषय ठानिरहनुभएको छ? यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन?”

लामिछानेले अष्ट्रेलियामा भएको सिरिजमा पनि “Naasa Securities” को लोगो राखिएको देखाउँदै, त्यही विषयलाई लिएर नेपालमै विवाद उठाइएकोमा आपत्ति जनाए । उनले थपे, “यदि खेल्न नदिने भनिएको भए, अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ।”

त्यस्तै, क्रिकेट संघ (CAN) सम्बन्धी विषयलाई व्यक्तिगत भनेका छन् । “त्यो व्यक्तिगत विषय हो, त्यसको समाधान म आफैंले गरिहाल्छु। तर त्यसलाई लिएर किन त्यति चासो देखाएर हावामा समाचार हालिन्छ?” उनले प्रश्न उठाएका छन् ।

अन्त्यमा उनले सञ्चारमाध्यमप्रति सम्मान व्यक्त गर्दै सचेत बन्न आग्रह गरे । “समय अझै छ— बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस्। तपाईंहरूलाई म अझै पनि नेपालको एक अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्छु। तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु,” लामिछानेले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech