नेपाल प्रहरीले डीआईजी अबि नारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता नियुक्त गरेको छ। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको निर्णयअनुसार प्रधान कार्यालयको सचिवालयमा कार्यरत काफ्लेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।


प्रहरीका जनसरोकारका गतिविधि र सूचनाहरूलाई तथ्यगत रूपमा सञ्चार माध्यममा प्रवाह गर्न काफ्लेलाई जिम्मा दिइएको जनाइएको छ। उनलाई सम्पर्क गर्नका लागि नम्बर ९८५१२९२१११ वा इमेल spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने नेपाल प्रहरीले जनाएको छ।





