Surakshya Rastriya Dainik
शुक्रबार, २८ अगस्ट २०२६
ट्रेण्डिङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिल्नुपर्नेहरू अन्तिममा मिलेरै छाड्ने दाबी गरेका छन्।
​शुक्रबार मात्रै कारागारमुक्त भएका उनी भैरहवाबाट सिधै चितवनको चौबिसकोटी पुगेर मिल्नुपर्ने दलहरूसँग संवाद जारी रहेको बताएका हुन्।
लामिछानेले देश बन्नु ठूलो कुरा भएको भन्दै त्यसका लागि आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको पनि बताए।
लामिछानेले भने- ‘मिल्नुपर्नेहरू जो जो हो अन्तिममा हामी मिलेरै छाड्छौं। हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ। हामी मिलेर जहाँसम्म मिल्ने र सँगै जाने सवाल छ। मैले कारागारबाट पनि भनेको थिएँ। मैले जे त्याग गर्न पनि तयार छु। मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिह्न चाहिन्छ, लैजानुस्। झण्डा चाहिन्छ, लैजानुस्। पार्टी अफिस चाहिन्छ, लैजानुस्। सिंगो पार्टी, सभापति, उपसभापति चाहिन्छ, लैजानुस्। देश बन्नुपर्‍यो व्यक्तिको कुनै ठूलो कुरो होइन भनिकसकेको छु।’
लामछानेले सरकारले जसरी पनि चुनाव गराउने बाटोमा काम गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech