Tuesday, October 27, 2026

 

धनगढी, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा साँझको समयमा वाकिङ गरिरहेका इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीमाथि दुर्व्यवहार भएको आरोप लागेको छ।

प्रहरीका अनुसार डीएसपी चौधरी सुरक्षा गार्डसहित हिँडिरहेका बेला स्थानीय नेत्र शाहीसहित तीन जनाले दुर्व्यवहार गरेका हुन्। घटनापछि उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीको भनाइअनुसार दुर्व्यवहारमा संलग्न व्यक्तिहरूले मदिरा सेवन गरेका थिए। यद्यपि, पक्राउ परेकाहरूले भने हिँड्ने क्रममा सामान्य रूपमा ठोक्किएको र डीएसपी भएको थाहा पाएपछि आफूहरूले माफी मागेको दाबी गरेका छन्।

उनीहरूले माफी माग्दामाग्दै पनि आफूमाथि मुद्दा चलाइएको आरोप लगाएका छन्।

घटनाबारे प्रतिक्रिया दिँदै डीएसपी चौधरीले पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech