Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

चितवन । गृहमन्त्री सुधन गुरुङले चितवन भ्रमणका क्रममा एक होटलमा नास्ता गर्ने क्रममा अम्लेटभित्र माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भरतपुर विमानस्थल अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालि मा गरिएको अनुगमनका क्रममा गुणस्तरहीन तेल प्रयोग गरिएको, तरकारी ताजा नभएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका खाद्य सामग्री प्रयोग भएको पाइएको थियो।
गृहमन्त्रीले अम्लेटमा माछाको काँडा भेटिएको गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको अनुगमन गरेको थियो।
अनुगमनपछि जिल्ला प्रशासन कार्यालयले होटललाई ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङले जारी गरेको विज्ञप्तिमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यान्न तथा खाद्य सामग्री प्रयोग गरेको पाइएकाले प्रचलित कानुनअनुसार कारबाही गरिएको उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech