Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

 

काठमाडौं । नेपाल प्रहरीको बढुवा प्रणालीमा गम्भीर त्रुटि देखिएको छ। जागिर छाडेर वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रधान कार्यालयले हालै प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरेपछि प्रहरी प्रशासनको अभिलेख प्रणालीमाथि प्रश्न उठेको हो।

प्रहरी स्रोतका अनुसार झापाको हल्दीबारी घर भएका असई जोसेफ तावा ताप्लेजुङस्थित प्रहरी चौकी सिवामा कार्यरत थिए। उनी वैशाख १६ गतेदेखि गैरहाजिर भएपछि प्रहरी प्रधान कार्यालयले गत असार १० गते उनलाई सेवाबाट हटाउने प्रयोजनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो।

तर, उक्त सूचना प्रकाशित भएको दुई दिनपछि नै प्रहरी प्रधान कार्यालयले उनलाई सई पदमा बढुवाका लागि सिफारिस गरेको सूचीमा समावेश गरेको पाइएको छ। जबकि उनी दुई महिनाअघि नै जागिर छाडेर वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगिसकेको प्रहरी स्रोतको दाबी छ।

प्रहरी प्रधान कार्यालयका एक स्रोतका अनुसार जागिरबाट हटाउने प्रक्रिया अन्तिम निर्णयमा नपुगेकाले उनको विवरण प्रणाली (सिस्टम) मा सक्रिय अवस्थामै देखिएको थियो। सोही अभिलेखका आधारमा उनी बढुवा सिफारिस सूचीमा समावेश भएका हुन्।

यस घटनाले जागिरबाट हटाउने प्रक्रियामा रहेका प्रहरी कर्मचारीको अभिलेख व्यवस्थापन र बढुवा प्रणालीबीच समन्वयको अभाव रहेको देखाएको छ। स्रोतका अनुसार त्रुटि पुष्टि भएपछि बढुवाको अन्तिम निर्णयअघि उनको नाम सूचीबाट हटाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech