ट्रेण्डिङ

 

नेपालगञ्ज । लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ३३ वर्षीय सलमान जसगढ रहेका छन्। ब्यूरोका अनुसार उनलाई बुधबार राति करिब ११:३० बजे आफ्नै निवासबाट पक्राउ गरिएको हो।

सलमान बाँकेमा दर्ता भएको खैरो हेरोइनसम्बन्धी लागुऔषध मुद्दामा बाँके जिल्ला अदालतबाट दोषी ठहर भएका थिए। अदालतले उनलाई ६ वर्ष कैद र ६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सजाय फैसला भएपछि उनी फरार रहँदै आएका थिए।

पक्राउ परेका सलमानलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech