ट्रेण्डिङ

ताजा अपडेट

वीरगञ्ज । पर्साको बढनियार प्रहरी चौकीको हिरासतबाट एक थुनुवा फरार भएको घटनापछि ड्युटीमा रहेका प्रहरी हवल्दार रामनिवास यादवसँग जिल्ला प्रहरी कार्यालय पर्साले लिखित स्पष्टीकरण मागेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार राति हिरासतबाट फरार भएका पर्सागढी नगरपालिका–४, पर्शुरामपुर निवासी २८ वर्षीय लालबाबु उर्फ मेराजुल देवान सोमबार बिहान, फरार भएको करिब २४ घण्टाभित्र सम्बन्धित वन कार्यालयमा आफैँ उपस्थित भएका हुन्।

पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा ड्युटीमा रहेका प्रहरीको लापरबाहीका कारण थुनुवा हिरासतबाट भाग्न सफल भएको देखिएकाले प्रहरी हवल्दार यादवसँग लिखित स्पष्टीकरण मागिएको हो। प्राप्त स्पष्टीकरणका आधारमा आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइने उनले बताए।

प्रहरी स्रोतका अनुसार काठ तस्करीसम्बन्धी आरोपमा पक्राउ परेका देवान आइतबार राति खाना खाने समयमा, करिब ७ देखि ८ बजेको बीचमा हत्कडीसहित हिरासतबाट फरार भएका थिए। फरार भएपछि उनी आफ्नै घरमा बसेको र प्रहरीको खोजी तीव्र बनेपछि परिवारको पहलमा भोलिपल्ट सम्बन्धित वन कार्यालयमा उपस्थित भएको खुलेको छ।

घटना सार्वजनिक भएपछि प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गरेको थियो। प्रहरीका अनुसार असार १४ गते पक्राउ परेका देवानविरुद्ध सबडिभिजन वन कार्यालय सबैयामा काठ तस्करीसँग सम्बन्धित तीनवटा मुद्दा दर्ता रहेकाले उनलाई नियन्त्रणमा लिइएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech