काठमाडौं । सशस्त्र प्रहरीले बाराको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्र्याइँदै गरेको करिब ९ लाख ६४ हजार ४ सय रुपैयाँ बराबरका सामानसहित तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।


सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार बोर्डर आउटपोस्ट (बिओपी) बरैनियाबाट खटिएको टोलीले शुक्रबार बिहान विशेष निगरानीका क्रममा उक्त सामान र मोटरसाइकल बरामद गरेको हो।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा अवैध रूपमा ओसारपसार भइरहेको विभिन्न किसिमका सामान तीन वटा मोटरसाइकलमार्फत ल्याइँदै गर्दा नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका सामान तथा मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।





