ट्रेण्डिङ

ताजा अपडेट

कोहलपुर । ॐ शान्ति कोहलपुरको आयोजनामा कोहलपुरका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई लक्षित गर्दै राजयोग तथा सकारात्मक जीवनशैलीसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत असार २२ गते बिहान ६ बजेदेखि ८ बजेसम्म डाइनामिक स्कुलमा विद्यार्थीहरूका लागि विशेष प्रशिक्षण सञ्चालन गरिएको थियो। त्यसैगरी, सोही दिन साँझ ४ बजेदेखि ६ बजेसम्म त्रिभुवन माध्यमिक विद्यालय, तक्षशिला विद्यालय तथा दिव्य विद्या सदनका शिक्षक–शिक्षिकाहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो।

प्रशिक्षणको सहजीकरण वरिष्ठ राजयोग प्रशिक्षक डा. एल. पी. पोखरेलले गर्नुभएको थियो। उहाँले राजयोग ध्यान, तनाव व्यवस्थापन, सकारात्मक सोच, नैतिक शिक्षा तथा जीवनलाई सन्तुलित र सफल बनाउने व्यवहारिक उपायबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको उद्देश्य तथा यसको महत्वबारे कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले प्रकाश पार्नुभएको थियो। उहाँले विद्यार्थी र शिक्षकमा मानसिक शान्ति, सकारात्मक सोच, नैतिक मूल्य तथा अनुशासित जीवनशैलीको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।

आयोजक ॐ शान्ति कोहलपुरले आगामी दिनमा पनि विद्यालय तथा समुदायस्तरमा यस्ता चेतनामूलक र व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech