Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

 

धनगढी । ड्युटीकै क्रममा अचानक बिरामी परेका नेपाल प्रहरीका जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ।

कञ्चनपुरस्थित महेन्द्रनगर वडा प्रहरी कार्यालयमा दरबन्दी भई हाल डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत जोशीको आइतबार बिहान कैलालीको गोदावरी नगरपालिका–अत्तरियास्थित अत्तरिया अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

डडेल्धुराको जोगबुडा घर भएका जोशी असार २७ गते राति प्रहरी चौकीअगाडि रहेको इन्ट्री पोस्टमा ड्युटीमा रहेका बेला अचानक पेटमा असह्य दुखाइ भएपछि तत्काल जिल्ला अस्पताल डोटी लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रेफर गरिएको थियो।

लगातार उपचार भइरहेकै अवस्थामा आइतबार बिहान उनको मृत्यु भएको हो। मृत्युको यथार्थ कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।

उनको शवको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech