Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

 

कोहलपुर । तमु ह्युल छोंज धीं (गुरुङ राष्ट्रिय परिषद्) कोहलपुर इकाई समितिको १८औँ साधारणसभा तथा ६औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्री लक्ष्मी घले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनमा संस्थाको विगतको गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना, संगठन विस्तार, गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचान संरक्षण र प्रवर्द्धनका विषयमा व्यापक छलफल गरिएको थियो। सहभागीहरूले समुदायबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
नवगठित कार्यसमितिको उपाध्यक्षमा श्री प्रेम गुरुङ, सचिवमा श्री रजनी लामा गुरुङ, कोषाध्यक्षमा श्रीमती पार्वती लामा गुरुङ तथा सह-कोषाध्यक्षमा श्री दिलमाया गुरुङ चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा श्री टेकबहादुर गुरुङ, श्री कुलबहादुर गुरुङ, श्री ज्योति गुरुङ, श्री यमराज गुरुङ र श्रीमती अमृता गुरुङ सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष श्री लक्ष्मी घले गुरुङले संगठनप्रति सदस्यहरूको विश्वासका लागि धन्यवाद व्यक्त गर्दै गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचान संरक्षणका साथै युवापुस्ताको सहभागिता बढाउने, सामाजिक एकता सुदृढ गर्ने तथा समुदायको हितमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित वक्ताहरूले तमु ह्युल छोंज धींले गुरुङ समुदायको सांस्कृतिक पहिचान जोगाउन, सामाजिक सद्भाव कायम गर्न तथा भावी पुस्तामा भाषा, संस्कार र परम्परा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका थिए। नवगठित कार्यसमितिले संगठनलाई थप सक्रिय, प्रभावकारी र जनमुखी बनाउने विश्वास समेत व्यक्त गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech