Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर–दाङले २०८३ साल असार महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)’ का रूपमा इलाका प्रहरी कार्यालय, लुम्बिनी (रूपन्देही) मा कार्यरत प्रहरी निरीक्षक (प्र.नि.) होमनाथ रेग्मीलाई चयन गरेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार संगठनको नीति तथा निर्देशनअनुसार प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई उच्च व्यावसायिकता, इमान्दारिता र जिम्मेवारीका साथ निर्वाह गरेको मूल्यांकनका आधारमा रेग्मीलाई उक्त सम्मान प्रदान गरिएको हो।

कार्यालयले रेग्मीले मातहतका प्रहरी कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि, अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै नवप्रवर्तनात्मक कार्यक्रममार्फत आम समुदायमा प्रहरी संगठनप्रति सकारात्मक छवि निर्माण गर्न उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ।

उत्कृष्ट प्रहरीका रूपमा चयन भएसँगै रेग्मीको कार्यसम्पादनको प्रशंसा गर्दै प्रदेश प्रहरी कार्यालयले आगामी दिनमा समेत यस्तै व्यावसायिक, सेवामुखी र परिणाममुखी कार्यसम्पादनका लागि प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech