रौतहट । चोरी मुद्दामा पक्राउ परेका एक अभियुक्त रौतहट जिल्ला अदालतमा पेसीका लागि उपस्थित गराइएका बेला हतकडीसहित फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जिल्ला कारागारबाट पेसीका लागि अदालत लगिएका ती अभियुक्तले शौचालय जान अनुमति मागेका थिए। शौचालयमा पुगेपछि उनले भेन्टिलेसनबाट निस्केर फरार भएको प्रहरीले जनाएको छ।
फरार अभियुक्तको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका सबै प्रहरी युनिट परिचालन गरी अभियुक्तको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








