कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर समिति, कोहलपुर बाँकेको आयोजनामा बाँके निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद सुरेश कुमार चौधरीसँग विकास योजना सम्बन्धी विशेष छलफल कार्यक्रम आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रम २०८३ साल साउन ३ गते आयोजना हुनेछ। कार्यक्रममा बाँके–१ क्षेत्रमा सञ्चालन भइरहेका तथा आगामी विकास योजनाबारे सांसद चौधरीसँग प्रत्यक्ष छलफल गरिने जनाइएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत क्षेत्रका विकासका प्राथमिकता, स्थानीय आवश्यकता तथा भावी योजनाबारे सुझाव संकलन गरी प्रभावकारी कार्यान्वयनका लागि छलफल गरिने अपेक्षा गरिएको छ।







