बाँके।कोहलपुर नगरपालिका-२ शक्तिनगर बस्ने २६ वर्षीय बिक्की कार्की भन्ने मान बहादुर कार्की समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मान बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।







