Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

गोरखा । गृहमन्त्री सुधन गुरुङले राष्ट्रको सुरक्षा, शान्ति–सुव्यवस्था तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल (एपीएफ) ले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उच्च मनोबलका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।
शनिबार गोरखास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्ममा आयोजित ब्रिफिङ कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले सुरक्षा चुनौतीका बीच नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीप्रति गृह मन्त्रालय सधैं साथमा रहेको स्पष्ट पारे।
उनले, “गृह मन्त्रालय सधैं सुरक्षाकर्मीको साथमा छ। त्यसैले ढुक्क भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुहोस्,” भन्दै राष्ट्र र नागरिकको सुरक्षाका लागि समर्पित भएर काम गर्न आग्रह गरे।
गृहमन्त्री गुरुङले सुरक्षाकर्मीको मनोबल उच्च राख्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आवश्यक स्रोत, साधन, सहयोग तथा समन्वयका लागि गृह मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा गोरखा जिल्लाको समग्र सुरक्षा अवस्थाबारे ब्रिफिङ गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका नायब महानिरीक्षक, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक तथा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech