Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

कैलाली। रोटरी वृक्षारोपण सप्ताह–२०२६ को अवसरमा रोटरी क्लब अफ सेन्ट्रल बाँकेले कैलाली जिल्लाका सामुदायिक वन तथा तीन वटा सामुदायिक विद्यालयमा वृहत् वृक्षारोपण अभियान सञ्चालन गर्दै करिब ५,००० बिरुवा रोपेको छ।

आरसीसी चेतना सामुदायिक विकास मञ्चको सहयोग तथा चेतना सामुदायिक वन उपभोक्ता समूह, जनकी गाउँपालिका–९, कटासेको सहकार्यमा सम्पन्न अभियानबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब २५० परिवार लाभान्वित हुने अपेक्षा गरिएको क्लबले जनाएको छ।

वृक्षारोपण कार्यक्रमको नेतृत्व रोटरी क्लब अफ सेन्ट्रल बाँकेका कैलाली परियोजना संयोजक रोटेरियन मनीष मण्डल तथा चेतना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक सोडारीले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले वृक्षारोपणले वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन तथा हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

यसै क्रममा स्थानीय युवा, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा राष्ट्रिय माध्यमिक विद्यालय, टिकापुर–६ नारायणपुर, त्रिभुवन माध्यमिक विद्यालय, टिकापुर–८ तथा भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, टिकापुर–९, खक्रौलामा पनि वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो। तीनवटै विद्यालयमा प्रत्येकमा १०० वटा बिरुवा रोपिएको क्लबले जनाएको छ।Plantation at RAstriya Mavi Tikapur

कार्यक्रमको सफलतामा योगदान पुर्‍याएको भन्दै विद्यालयका प्रधानाध्यापक रामबहादुर कठायत, विक्रमबहादुर धामी र रामप्रसाद चौधरीलाई सम्मानस्वरूप टोकन अफ लभ प्रदान गरिएको थियो। साथै स्थानीय युवा यमन शेट्टी, पर्शुराम चौधरी, टिकापुर नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाकी प्रमुख निर्मला चौधरी तथा विद्यालय निरीक्षक नरेश अवस्थीलाई वातावरण संरक्षण अभियानमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो। Plantation at Tribhuwan Mavi Tikapur

रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रोटेरियन ईश्वरी जंग मल्लले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी, सहयोगी संस्था, स्थानीय समुदाय, विद्यालय परिवार तथा सरकारी निकायप्रति आभार व्यक्त गर्दै प्रशंसापत्र तथा सम्मानपत्र प्रदान गर्नुभयो। उहाँले वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।  Plantation at Bhanubhakta Rastriya Aadharbhut School Tikapur

रोटरी वृक्षारोपण सप्ताह–२०२६ अन्तर्गत सञ्चालन गरिएको उक्त अभियानले समुदायमा हरियाली विस्तार, वातावरणीय संरक्षण तथा दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

Plantation at Chetana Samdaik Ban Janaki Gaupalika Katase

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech