Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

 

बर्दिया । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजनामा “रोटरी वृक्षारोपण सप्ताह २०२६” अन्तर्गत बर्दियाको गेरुवामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

बन्द्रैया बगौंहुवा मध्यवर्ती सामुदायिक वन समूहको सहकार्यमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत गेरुवा गाउँपालिका–२, टिकुलीगाढस्थित बन्द्रैया बगौंहुवा मध्यवर्ती सामुदायिक वनमा आयोजित कार्यक्रममा सामुदायिक वन समूहका अध्यक्ष कैलाश थारुको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँकेका पदाधिकारी, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराका प्रतिनिधि कालु चन्द्र र रेशम शाही, बडघर चन्द्रलाल थारु, हरि प्रसाद रिजाल, कर्ण थारु, भगवान दास थारु, स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समिति तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका २,७३५ बिरुवा रोपिएको आयोजकले जनाएको छ। रोटरीको वातावरण संरक्षणसम्बन्धी दीर्घकालीन प्राथमिकताअनुसार सञ्चालन गरिएको अभियानले हरियाली विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गेरुवा क्षेत्रीय परियोजना संयोजक रोटेरियन श्यामप्रसाद धमलाले यस कार्यक्रमबाट ३९५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने जानकारी दिनुभयो। उहाँले वातावरण संरक्षण एकदिने अभियान मात्र नभई भावी पुस्ताप्रतिको साझा जिम्मेवारी भएकाले रोपिएका बिरुवाको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले “आज रुख रोपौं, भोलिको भविष्य जोगाऔँ” भन्ने सन्देशलाई आत्मसात गर्दै हरियाली विस्तार र वातावरण संरक्षणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रोटेरियन ईश्वरी जंग मल्लले आगामी दिनमा पनि विद्यालय, सामुदायिक वन तथा सार्वजनिक स्थानहरूमा वृक्षारोपण, वातावरण संरक्षण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै दिगो विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech