Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि आफूखुसी ड्युटीमा गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सात दिनभित्र सम्पर्कमा आउन अन्तिम निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो। यसअघि खोजतलास तथा सम्बन्धित कार्यालयहरूमा सूचना टाँस गर्दा पनि सम्पर्कमा नआएपछि सार्वजनिक सूचनामार्फत अन्तिम अवसर प्रदान गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार तोकिएको समयभित्र सम्पर्कमा नआए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गतको कसुरमा नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने (बर्खास्त गर्ने) कारबाही गरिनेछ।
सम्पर्कविहीन हुनेमा दुई जना प्रहरी सहायक निरीक्षक (असई) र अन्य प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी रहेका छन्।
सात दिनभित्र हाजिर हुन निर्देशन दिइएकामध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका असई तीर्थबहादुर बुढा, इलाका प्रहरी कार्यालय लेकबेसी, सुर्खेतका असई दुर्गाराज मल्ल, प्रमुख जिल्ला अधिकारी निवास गार्ड, ओखलढुंगाका प्रहरी जवान नागेश्वर यादव, मधेस प्रदेश प्रहरी तालिम केन्द्रका प्राविधिक प्रहरी जवान सुबोधप्रसाद पटेल, भरतपुर विमानस्थल सुरक्षा गार्डका प्रहरी जवान देवकृष्ण राउत, इलाका प्रहरी कार्यालय चन्द्रावती, तनहुँकी प्रहरी जवान जयन्ती थापामगर तथा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी जवान सञ्जय परियार रहेका छन्।
यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रहरी जवान गीता मेदासी, प्रहरी जवान राजकुमार रावत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान ध्रुवराज पाध्या तथा कारागार सुरक्षा गार्ड, लमजुङका प्रहरी कार्यालय सहयोगी सुरेश कुमाललाई पनि सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिइएको छ।
प्रहरी प्रधान कार्यालयले तोकिएको समयभित्र सम्पर्कमा नआए प्रचलित कानुनअनुसार सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech