Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

कोहलपुर । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजनामा “रोटरी वृक्षारोपण सप्ताह–२०२६” अन्तर्गत बाँकेको कोहलपुर–११ स्थित मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पस प्रमुख दानबहादुर हमालको प्रमुख आतिथ्यता तथा रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रोटेरियन ईश्वरीजङ्ग मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले कपुरसहित विभिन्न प्रजातिका ५० वटा बिरुवा रोपिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण अभियान सञ्चालन गरिएको बताउँदै पश्चिम नेपालको महत्वपूर्ण सरकारी शैक्षिक संस्था वागेश्वरी बहुमुखी क्याम्पसलाई अभियानका लागि छनोट गरिएको जानकारी दिए। उनले आगामी दिनमा क्याम्पससँग सहकार्य गर्दै शिक्षा, वातावरण तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
क्याम्पस प्रमुख दानबहादुर हमालले रोटरी क्लबप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि शिक्षा, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन आग्रह गरे। उनले रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालन भइरहेको “District-Wide 100,000 Tree Plantation Campaign” मा वागेश्वरी बहुमुखी क्याम्पस छनोट हुनु गौरवको विषय भएको उल्लेख गर्दै वृक्षारोपण अभियानले हरियाली, स्वच्छ वातावरण र दिगो भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए।
कार्यक्रममा मानविकी सङ्कायका विभागीय प्रमुख डा. खोपीराम ओली क्षेत्रीको समेत सक्रिय सहभागिता रहेको थियो। साथै, क्याम्पसका उपप्राध्यापक तथा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरका अध्यक्ष एकराज शर्मा, उपप्राध्यापक डा. पुष्करनाथ रिजाल, प्रशासकीय अधिकृत वेदराज लम्साल, क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रोटरी क्लबका निवर्तमान अध्यक्ष रोटेरियन गंगाराम चौलागाईं, सचिव रोटेरियन उदयचन्द्र पौडेल, उपाध्यक्ष एवं कोहलपुर क्षेत्रीय परियोजना संयोजक रोटेरियन अशोकप्रसाद पोख्रेल तथा क्लब प्रशासन प्रमुख रोटेरियन मोहबीर खड्कालगायतको सहभागिता रहेको कार्यक्रममा बोल्दै संयोजक पोख्रेलले वृक्षारोपणले वातावरण संरक्षणसँगै स्थानीय समुदायलाई दीर्घकालीन लाभ पुग्ने बताए। उनले वातावरण संरक्षण एकदिने अभियान नभई भावी पुस्ताप्रतिको साझा दायित्व भएकाले रोपिएका बिरुवाको संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।
यस अवसरमा अध्यक्ष ईश्वरीजङ्ग मल्लले वागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत एक महिला विद्यार्थीलाई कृत्रिम हात (Prosthetic Limb) उपलब्ध गराउने घोषणा गरे। उक्त सहयोगले ती विद्यार्थीको शिक्षा, आत्मविश्वास तथा भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै निकट भविष्यमा क्याम्पसका विद्यार्थीहरूका लागि एकदिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए। साथै, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरसँग समेत सहकार्य गरेर सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
रोटरीको वातावरण संरक्षणसम्बन्धी दीर्घकालीन प्राथमिकतासँग मेल खाने यस अभियानले हरियाली विस्तार, वातावरणीय संरक्षण तथा दिगो विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमका सहभागीहरूले “आज रुख रोपौँ, भोलिको भविष्य जोगाऔँ” भन्ने सन्देशलाई आत्मसात गर्दै वातावरण संरक्षण र हरियाली विस्तारका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech